घान्द्रुक पर्यटन महोत्सव: बास्केटबलतर्फ टाइम्स र भलिबलतर्फ विद्यान स्पोर्टस क्लबलाई उपाधि
पाेखरा | चैत ३०, २०८०
पोखरा: घान्द्रुक पर्यटन महोत्सवमा आयोजित क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि विद्यान स्पोर्टस क्लबले जितेको छ ।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिले आयोजना गरेको पर्यटन महोत्सवमा क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा विद्यान स्पोर्टस क्लबले अन्नपूर्ण युवा क्लब किम्चेलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
विद्यान स्पोर्टस क्लबले पहिलो सेट २५–१९ जितेपनि दोस्रो सेट २३–२५ ले गुमाएको थियो । तेस्रो र चौथो सेट क्रमशः २५–२० र २५–२१ ले जित्दै उपाधि जितेको हो ।
क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेता विद्यान स्पोर्टस क्लबले १ लाख ११ हजार १ सय ११, उपविजेता किम्चेले ७० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको महोत्सव संयोजक अमृत गुरुङले जानकारी दिए ।
बास्केटबलको उपाधि टाइम्सले जित्यो
घान्द्रुक पर्यटन व्यवस्थापन समितिले पर्यटन महोत्सवमा आयोजित बास्केटबल प्रतियोगिताको उपाधि टाइम्सले जितेको छ ।
शुक्रबार सम्पन्न भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै टाइम्सले उपाधि जितेको हो । टाइम्सले आर्मीलाई ५६–४७ अङ्कले पराजित गर्दै उपाधि जितेको हो ।
खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरे ।
घोडा दौडको उपाधि देवेन्द्रलाई
घान्द्रुक पर्यटन व्यवस्थापन समितिले पर्यटन महोत्सवमा आयोजित घोडा दौडको उपाधि देवेन्द्र श्रीपालीले जितेका छन् ।
शुक्रबार सम्पन्न भएको घोडा दौड प्रतियोगितामा ९.५ किलोमिटर दुरी २२ मिनेट ३९ सेकेण्डमा पूरा गर्दै उपाधि चुमेका हुन् ।
यस्तै कृष्ण गुरुङले २२ मिनेट ५० सेकेण्डमा दुरी पूरा गर्दै द्धितीय भए । यस्तै बिनोद गुरुङले २३ मिनेट १९ सेकेण्डमा दुरी पूरा गर्दै तृतीय भए । घोडा दौड प्रतियोगितामा विजेता देवेन्द्र श्रीपालीले ५५ हजार ५ सय ५५, उपविजेता कृष्ण थापाले २७ हजार ७ सय ७७ र तेस्रो भएका बिनोद थापाले ११ हजार ११ रुपैयाँ पुरस्कार प्राप्त गरे ।
ठेलो प्रतियोगितातर्फ स्याङ्जाका दुजिक थापामगर प्रथम र पर्वतका युवराज गुरुङ द्धितीय भए । प्रथम र द्धितीय भएका उनीहरुले ८ हजार र ५ हजार पुरस्कार प्राप्त गरे ।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिले चैत २७ देखि आयोजना गरेको घान्द्रुक पर्यटन महोत्सव आज सम्पन्न भएको हो । घान्द्रुक पर्यटन महोत्सवमा ३० प्रतिशत छुट दिएको थियो ।
काठमाडौं: सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...
पोखरा: यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

